किम चढेको रेलमा के छ यस्तो विशेषता, किन रेल नै चढ्छन् उनी ?

किम जोङ–उन चढेर बेइजिङ गएृको रेल । तस्बिर : रोयटर्स

यो हप्ताको सुरुदेखि नै उत्तर कोरियाका नेता किम जोङ–उन रेल चढेर चीन गएको हल्ला चल्यो । यो हल्लाको पुष्टि बुधबार बिहान मात्रै भयो ।

उत्तर कोरिया र चीनले बुधबार बिहान किम बेइजिङ आएको पुष्टि गरे । यो खबरको पुष्टि हुँदा किम उत्तर फर्किसकेका थिए । सन् २०११ मा सत्ता सम्हालेदेखि किमको यो जानकारीमा आएको पहिलो भ्रमण हो ।

तर किमको भ्रमणको पुष्टि नहुँदै हरियो डिब्बामा पहेँलो धर्सा भएको रेल चीन प्रवेश गरेसँगै उनी चीन पुगेको अड्कल गरिएको थियो । उत्तर कोरियाका नेताले रेलमा नै यात्रा गर्ने परम्परा रहेको छ ।

रेलमा किम जोङ–उन । तस्बिर : रोयटर्स

विश्वका नेता समय बचाउनका लागि विमानमा यात्रा गर्ने समयमा अहिले पनि उत्तर कोरियाका नेता रेलमा नै यात्रा किन गर्छन् होला ?, किनकी किमलाई विमानको यात्रा मन पर्दैन ।

किमका बुवा किम जोङ–इल पनि विमान चढ्न रुचाउँदैनथे । उनी सन् २००२ मा तीन हप्ताका लागि रुस भ्रमणमा जाँदा पनि यहि रेलमा गएका थिए ।

किम जोङ–इल सवार रेलमा विश्वको महंगो रक्सी र बारबीक्यूको व्यवस्था थियो । यस्तै पार्टी पनि हुन्थ्यो । किम जोङ द्वितियले यहि रेलबाट झण्डै १२ पटक विदेश भ्रमण गरे । यसमा धेरै पटक चीनको भ्रमण पर्छ ।

रेलमा चढ्ने तयारीमा किम जोङ–उन । तस्बिर : रोयटर्स

सिनियर किम जोङ टाढाको यात्राका लागि पनि रेल नै प्रयोग गर्थे । यहाँसम्म कि सन् १९८४ मा उनी यहि रेल चढेर पूर्वी युरोपको भ्रमणमा गएका थिए । तर उनको निधन ट्रेनमै हृदयघातका कारण भएको थियो । जुन रेलमा किम जोङ–उन वा उनका बुवा चढ्छन् वा चढ्थे यो साधारण रेल होइन ।

न्युयोर्क टाइम्सका अनुसार किम चढेर बेइजिङ गएको रेलमा २१ कोच थिए र सबैको रंग हरियो थियो । हरेक डिब्बाको झ्यालमा टिन्टेड ग्लास थियो, जसका कारण बाहिरबाट भित्र रहेकालाई देखिँदैन ।

किम जोङ–उनका पिता किम जोङ–इल । तस्बिर : इपिए

यो रेलबाट बारेमा जे जानकारी आएको छ त्यो गुप्तचर सूचना र यसमा सवार मानिसको भनाईमा आधारित रहेको पनि उल्लेख गरिएको छ ।
यो रेलका सबै कोच बुलेटप्रुफ रहेका छन् । यो कोच सामान्य रेलको कोच भन्दा गह्रुंगो हुन्छ ।

यो रेलको अधिकतम गति ३७ माइल प्रतिघण्टा रहेको छ । उत्तर कोरियामा विभिन्न २२ स्थानमा यस्ता रेलवे स्टेशन छन् जो किम जोङ–उनले व्यक्तिगत प्रयोगका लागि बनाएका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले बेला बेलामा यस्तो रेलको तस्बिर वा भिडियो सार्वजनिक गर्ने गरेको छ ।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्