चीनले अन्तरिक्षमा पठाएको स्पेश स्टेशन पृथ्वीमा खस्‍न सक्छ ! तर कहिले र कहाँ थाहा छैन

काठमाडौं- चीनको बन्द रहेको स्पेस स्टेशनको एक टुक्रा छिट्टै पृथ्वीमा खस्न सक्ने उक्त स्टेशन निगरानी गरिरहेका वैज्ञानिकहरुले बताएका छन्।

सन् २०११ मा अन्तरिक्षमा पठाइएको स्पेस पाँच बर्षपछि २०१६ मा यसले आफ्नो मिशन पूरा गरिसकेपछि वैज्ञानिकहरुले पृथ्वीमा खस्ने अनुमान गरेको बीबीसीले जनाएको छ।

वैज्ञानिकका अनुसार उक्त स्पेश कुन समयमा र कहाँ खस्छ भनेर अनुमान लगाउन निक्‍कै मुस्किल छ। किनकी यो नियन्त्रणभन्दा बाहिर छ।

तर वैज्ञानिकहरुको अनुमान अनुसार यो ३० मार्च र २ अप्रिलको बिचमा पृथ्वीमा खस्न सक्ने बताइएको छ। अधिकांश स्पेस स्टेशन अंतरिक्षमा नै जलेर नष्ट हुन्छन तर कुनै टुक्राहरु नष्ट नहुन सक्छन जुन पृथ्वीमा खस्न सक्ने खतारा हुन्छ।

‘द तियाङगोग-१’ चीनको महत्वकांक्षी अन्तरिक्ष कार्यक्रमको एक हिस्सा थियो।यसलाइ चिनको २०२२ मा अन्तरिक्षमा मानव स्टेशन स्थापित गर्ने लक्ष्यको पहिलो चरण मानिन्छ।

यो कहाँ खस्‍न सक्छ?
चीनले २०१६ मा पुष्टि गरेको थियो, उसको ‘द तियाङयोग-१’ संग सम्पर्क टुटेको र उनीहरुले यसलाइ नियन्त्रण गर्न सकेका छैनन्।

पृथ्वीमा यो टुक्रा भू-मध्य रेखाको ४३ डिग्री उत्तर देखि ४३ डिग्री दक्षिणको बिचमा खस्नसक्ने द युरोपियन स्पेस एजेन्सीले भनेको छ। उसले यो ३० मार्च देखि २ अप्रिलको बिचमा पृथ्वीका वायुमण्डलमा प्रवेश गर्ने अनुमान लगाएको छ।

यो कसरी खस्‍नेछ?
यो टुक्रा विस्तारै–विस्तारै पुथ्वीको नजिक आइरहेको छ।’जब यो पृथ्वीबाट १०० किलोमिटरको नजिकमा आउछ यो तात्तिन सुरु हुनेछ। द अष्ट्रेलिया सेन्टर फर स्पेश इन्जिनियर्स रिसर्चका उप निर्देशक डां एलियस अबाउटेनियसले भनेका छन। उनि भन्छन्- ‘यदि यो मानव वस्ती भएको ठाउँमा रातको समयमा जलेर नष्ट भएमा ताराको जस्तै देखिने छ।

पृथ्वीको वातावरणमा प्रवेश गरेपछिको यात्रामा यसको ८.५ टन मध्यको अधिकांश हिस्सा नष्ट हुनेछ। इन्धन ट्याङ्क वा रकेट इन्जिन पुरा नष्ट नहुन सक्ने बताइएको छ।र यसबाट हुनसक्ने क्षेतिको आकलन कम गरिएको छ। द युरोपियन स्पेश एजेन्सीका प्रमुख हालगर क्रेगको अनुमानमा चट्याङ पर्दा जति क्षति हुन्छ त्यतिनै यसले क्षेति गर्नेछ।

के सबै स्पेशको टुक्राहरु पृथ्वीमा खस्छन्?
डां एलियसका अनुसार अधिकांश टुक्राहरु पृथ्वी तर्फ खस्छन् र यि समुन्द्र वा मानव वस्ती भन्दा टाढा जलेर नष्ट हुन्छन् । यस्ता टुक्राहरुलाइ चाहेको ठाउँमा खसाल्न सकिन्छ।

यस्ता टुक्राहरुलाइ दक्षिण प्रशान्त महासागरको अष्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अमेरिकाको बिचमा खसालिन्छ । यो १५०० वर्ग किलोमिटरको एरियालाई स्पेश क्राफ्ट र स्याटेलाइटको चिहान भन्ने गरिन्छ।

के हो तियाङगोङग?
चीनले सन २००१ बाट आफ्नो अंतरिक्षमा सुरु गरेको हो र परिक्षणको लागी जनावरलाई यसमा पठाएको थियो। त्यसपछि २००३ मा चिनियाँ बैज्ञानिक अन्तिरिक्षमा पुगेका थिए। सोभियत संघ र अमेरिका पछि अन्तरिक्षमा पुग्ने चीन तेस्रो देश थियो।

सन् २०११ मा ‘द तियाङगोङग(१’ प्रक्षेणपसँगै चीनको स्पेश कार्यक्रमको सुरुवात भएको हो। त्यसपछि २०१२ मा चीनबाट पहिलो महिला यात्री लियु याङग अन्तिरक्ष गएकी थिइन्।

‘द तियाङगोङग-१’ ले सन २०१६ मार्च पछि काम गर्न छोडेको थियो। तर ‘द तियाङगोङग-२’ अन्तरिक्षमा काम गरिरहेको छ र सन् २०२२ सम्ममा यसको तेस्रो संस्करण अन्तरिक्षमा पठाइने बताइएको छ जुनमा वैज्ञानिक हुन सक्ने छन्।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्