‘कोहलपुर एक्सप्रेस’को प्रोमो रिलिजमा केकीको मोहक मुस्कान

केकी अधिकारी।

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’ को प्रोमो बुधबार राजधानीमा सार्वजनिक भएको छ।

विशाल भण्डारीको निर्देशनमा जूनकिरी प्रोडक्सनको छातामा केकी अधिकारीले निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ वैशाख १४ गते रिलिज हुँदै छ।

फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतको मुख्य भूमिका छ ।

प्रोमो सार्वजनिक कार्यक्रममा केकी अधिकारी सुन्दर गाउनमा मोहक मुस्कानसाथ देखा परेकी थिइन्।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्