एक नम्बर प्रदेशले बनायो ‘आर्थिक ऐन’

विराटनगर- प्रदेश नम्बर एकको संसद बैठकले आर्थिक विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ। विराटनगरस्थित संसद भवनमा बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयले विधेयक पेश गरेको थियो। छलफल पछि प्रदेश सभाले विधेयक पारित गरेको हो। छलफलमा सांसदहरु अम्बिका थापा, लिलाबल्लभ अधिकारी, शिवनारायण गनगाईं, नवोदिता चौधरी र मोहनकुमार खड्काले भाग लिएका थिए।

सांसदहरुले उठाएका प्रश्नको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जवाफ दिँदै प्रदेश सभामा उठेका बिषय सरकारले सम्बोधन गर्ने बताएका थिए।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्