आफ्नै गाउँ फर्किआएँ‍‍...

मलाला आक्रमणपछि पहिलोपटक पाकिस्तानमा

महिला शिक्षाको पक्षमा वकालत गर्दै आएकी मलाला युसुफजाई । तस्बिर : इपिए

नाबेल शान्ती पुरस्कार विजेता मलाला युसुफजाई तालिबान बिद्रोहीले आक्रमण गरेपछि पहिलोपटक पाकिस्तान फर्किएकी छन् ।

अहिले २० वर्षकी भएकी मलालालाई झण्डै ६ वर्षअघि सन् २०१२ मा बालिका शिक्षाको पक्षमा बोलेको भन्दै तालिबान बिद्रोहीले आक्रमण गरेको थिए ।

१५ वर्षको हुँदा मलालालाई उनकै स्कूलमा तालिबानले आक्रमण गरेका हुन् । उनी अहिले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत छिन् ।

तालिबान बिद्रोहीको आक्रमणपछि देश बाहिर रहँदै आएकी मलालाले घटनापछिको पहिलो भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीसँग भेटवार्ता गर्ने सम्भावना छ ।

मलालाको पाकिस्तान भ्रमणको विवरण गोप्य राखिएको छ । सुरक्षाका कारण भ्रमणको विवरण गोप्य राकिएको एक अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् ।

मलाला चढेको कार । उनी इस्लामाबादको एक होटलमा बसेकी छन् । तस्बिर : इपिए

पाकिस्तानी टेलिभिजनले इस्लामाबादको बेनजिर भुट्टु अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना अभिभावकसँगै कडा सुरक्षाका बिच निस्कँदै गरेको भिडियो देखाएका छन् ।

मलाला चार दिनसम्म पाकिस्तानमा रहने र उनको साथमा मलाला फाउण्डेशन समूहका अधिकारी पनि रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

तर मलाला पाकिस्तानको उत्तर पश्चिममा रहेको आफ्नो गृहनगर स्वात जाने नजाने केही खुलाइएको छैन ।

मलालाले ११ वर्षको हुँदादेखि बिबिसी उर्दुलाई तालिबानको शासनमा आफ्नो जीवनको अवस्था बारे पत्र लेख्न थालेकी थिइन् । उनले बालिका शिक्षालाई जोड दिने गरेकी थिइन् । यसबाट उनीमाथि तालिबानको धम्की आउन थाल्यो ।

 पहिलोपटक१५ वर्षको हुँदा उनीमाथि स्कूल बसमा रहेका बेला आक्रमण भयो र उनी अन्तर्राष्ट्रिय स्तरमा आइन् । गम्भीर चोटबाट बाँचेर आएकी मलालाले आक्रमणपछि आफ्नो आवाजलाई झन बुलन्द बनाएकी छनन् ।

आक्रमणपछि उनलाई उपचारका लागि बेलायत लगिएको थियो र उनको परिवार त्यसबेलादेखि त्यहिँ बस्दै आएको छ ।

मलालाले सन् २०१४ मा भारतका कैलाश सत्यार्थीसँगै संयुक्त रुपमा नोबेल शान्ती पुरस्कार पाएकी थिइन्।

चैत १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्