५ कैदीको जलेर मृत्यु, ज्यान गुमाउनेको संख्या ६० देखि ७८ रहेको आशंका

भेनेजुएलाको एक प्रहरी चौकीमा आगलागी हुँदा कम्तिमा पाँचजनाको ज्यान गएको छ ।
काराबोबो राज्यको भ्यालेन्सिया शहरमा रहेको प्रहरी चौकीमा आगलागी हुँदा त्यहाँ रहेका कम्तिमा पाँच बन्दीको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ । तर केही सञ्चारमाध्यमले भने अरु धेरैको बन्दीको ज्यान गएको हुन सक्ने बताएका छन् ।
कैदीले भाग्ने प्रयासमा म्याट्रेसमा आगो लगाउँदा आगलागी सुरु भएको हो । प्रहरीले चौकी बाहिर जम्मा भएका बन्दीका आफन्तको प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ । उनी अरु प्रहरीको घेरा तोडेर आगलागी भएको जेलमा रहेको आफन्तलाई बाहिर ल्याउने प्रयासमा थिए ।
अ विण्डो अन फ्रिडम नाम संस्थाका प्रमुख कार्लोस निएतोले आगलागीमा परि धेरै बन्दीको ज्यान गएको समाचार संस्था एएफपीलाई बताएका छन् ।

पुष्टि नभएको खबर अनुसार आगलागीमा परि ६० देखि ७८ जनाको ज्यान गएको आशंका गरिएको छ । भेनेजुएलाका बन्दी गृहमा क्षमता भन्दा धेरै कैदी हुने गरेका छन् । उनीहरु हतियार, लागुऔषध तथा गुटका साथ हुने गर्छन् ।