भेनेजुएलाको प्रहरी चौकीमा भीषण आगलागी : ६८ कैदी बन्दीको ज्यान गएको पुष्टि

आगलागी भएको प्रहरी चौकी अघि जम्मा भएका कैदीका आफन्त । तस्बिर : रोयटर्स

(अपडेट) भेनेजुएलाको एक प्रहरी चौकीमा आगलागी हुँदा कम्तिमा ६८ जनाको ज्यान गएको पुष्टि भएको छ । यसअघि पाँचजनाको मात्रै ज्यान गएको पुष्टि गरेको सरकारले घटनामा ६८ जनाको ज्यान गएको पुष्टि गरेको हो ।

काराबोबो राज्यको भ्यालेन्सिया शहरमा रहेको प्रहरी चौकीमा आगलागी हुँदा त्यहाँ रहेका कैदी बन्दीको ज्यान गएको हो । घटनाको कारणबा बारेमा तत्काल अनुसन्धान हुने राज्यका प्रमुख तारेक साबाले बताएका छन् ।

आगलागी भएको प्रहरी चौकी अघि जम्मा भएका कैदीका आफन्तले प्रहरीको कारलाई घेराउ गरेका थिए । तस्बिर : रोयटर्स

कैदीले भाग्ने प्रयासमा म्याट्रेसमा आगो लगाउँदा आगलागी सुरु भएको खबर छ । प्रहरीले चौकी बाहिर जम्मा भएका बन्दीका आफन्तको प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ ।

उनी अरु प्रहरीको घेरा तोडेर आगलागी भएको जेलमा रहेको आफन्तलाई बाहिर ल्याउने प्रयासमा थिए । प्रदर्शनको क्रममा एक प्रहरी अधिकारीको ज्यान गएको छ ।

अहिले काराबोबो राज्यमा शोकको घोषणा गरिएको छ । भेनेजुएलाका बन्दी गृहमा क्षमता भन्दा धेरै कैदी हुने गरेका छन् । उनीहरु हतियार, लागुऔषध तथा गुटका साथ हुने गर्छन् ।

चैत १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्