नेप्से परिसूचक दोहोरो अंकले बढ्यो; साता भरमा ४ अंकको वृद्धि

काठमाडौं-साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। बिहिबार १५.४८ अंकले बढेको नेप्से परिसूचक १२२०.२९ अंकमा पुग्यो।

दोहोरो अंकले उकालो लागेको बजारमा १ सय ६४ कम्पनीको ३८ करोड  ७१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भयो।

दिनभरका ३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको मेगा बैंकको प्रमोटर सेयर धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।

९.६३ प्रतिशतले मूल्य उकालो लागेको रिडी बिद्युत कम्पनी धेरै मूल्य बढ्ने कम्पनी बन्दा ५.५ प्रतिशतले मूल्य घटेको कावेली विकास बैंक धेरै मूल्य घट्ने कम्पनी बन्यो।

बिहिबार ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ३.४ अंकले उकालो लाग्दा ट्रेडिङ र अन्य उपसूचक भने ओरालो लागेको छ। ट्रेडिङ उपसूचक १.५ र अन्य ०.००१ प्रतिशतले ओरालो लाग्दा बैंकिङ १.४५, होटेल ०.४५, विकास बैंक १.४२, हाइड्रोपावर २.९४, वित्तीय ०.८९, इन्स्योरेन्स १.२१ उत्पादन मूलक ०.४८ र माइक्रोफाइनान्स १.५१ प्रतिशतले उकालो लाग्यो।

समग्रमा साताभरमा नेप्से परिसूचक ४ अंकले उकालो लागेको छ।

साताको पहिलो कारोबार दिन ५२ अंकले ओरालो लागेको परिसूचक दोश्रो दिन ३९ अंकले उकालो लागेको थियो। आइतबार सार्वजनिक बिदा परेकाले सोमबार देखि मात्रै कारोबार सुरु भएको थियो। बुधबार २ अंकले उकालो लागेको बजार अन्तिम कारोबार दिनमा १५ अंकले उकालो लाग्यो।

चैत १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्