पोखरा जाने माइक्रोबसमा अत्याधिक मोबाइल चलाउने चालक थुनिए

पोखरा- गाडी चलाइरहेको समयमा मोबाइल फोनको अत्याधिक प्रयोग गर्ने ड्राइभर बिहीबार प्रहरीको फन्दामा परेका छन्। काठमाडौं देखि पोखरा आउँदै गरेका हायस चालक कृष्ण केसीविरुद्ध यात्रुले उजुरी गरेपछि उनलाई जिल्ला ट्राफिक कार्यालय कास्कीले पक्राउ गरेको हो।

चालक केसीले ड्राइभिङ समयमा अध्याधिक मोबाइल फोनको प्रयोग गरेको, तीव्र गतिमा गाडी चलाएको र यात्रुलाई अपशब्द बोलेको भन्दै यात्रु रामेश्वर लोहनीले जिल्ला ट्राफिकमा आएर उजुरी गरे पछि चालक पक्राउ परेका हुन्। उनलाई आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय गैरापाटन पठाइएको ट्राफिक प्रहरी प्रमुख ऐनबहादुर मल्लले जानकारी दिए।

त्यसैगरी ट्राफिक प्रहरी कार्यालयले बिहीबार पोखरामा लाइसेन्स विना सवारी साधन चलाउने २५ जना, सिट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने एउटा स्कुल बस र बढी भाडा लिएका ५ वटा ट्याक्सीलाई नियन्त्रणमा लिई कार्बाही गरेको मल्लले जानकारी दिए।

चैत १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्