विराट गोल्डकपको तयारी अन्तिम चरणमा

विराट गोल्डकपको तयारी अन्तिम तयारीमा पुगेकोबारे जानकारी गराउँदै आयोजक। तस्बिर: देशसञ्चार

विराटनगर- विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।

विराटनगर शहिद रंगशालामा आयोजित पत्रकार सम्मेलनका क्रममा गोल्डकप आयोजक पक्षले दिवा र रात्रि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा नेपालको ८ वटा ए डिभिजन क्लबसँगै भुटान र भारतको दुई वटा टोली गरी कुल १० टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको पहिलो खेलमा भुटानको थिम्पू फुटबल क्लबले आयोजक मोरङ ११ को सामना गर्ने जनाएको आयोजक समितिले खेल तालिका रनिङ आधारमा हुने जनाएको छ।

बुटवलमा जारी तेस्रो मदन भण्डारी स्मृति गोल्डकप जारी रहेकाले विराट गोल्डकपको तालिका रनिङ बनाउनु परेको समितिले जनाएको छ।

त्यसैगरी प्रतियोगितामा बंगलादेशको फुटबल क्लबले सहभागिता जनाउने भनिए पनि अन्तिम समयमा आएर उक्त क्लबको स्थानमा संकटा क्लबलाई सहभागी गराइएको छ।

प्रतियोगिताको उपाधि जित्ने टोलीलाई १२ लाख ७१ हजार र उप–विजेतालाई ५ लाख ५१ हजार राशिको नगद पुरस्कार सहित कप प्रदान गरिने आयोजकका अध्यक्ष नवीन रिजालले जानकारी दिए।

त्यस्तै म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकल हात पार्ने पत्रकार सम्मेलनका क्रममा आयोजक पक्षले जनाएको छ। यसैगरी, प्रतियोगिताको एक दिन अगाडि शुक्रबार शहिद रंगशालाबाट मोटरसाइकल र्‍यालीका साथ विराट गोल्डकप र सिल्डसहित नगर परिक्रमाको कार्यक्रम रहेको बताइएको छ।

चैत १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्