जलवायु परिवर्तन असर न्यूनीकरणको खोजीमा विज्ञ

काठमाडौँ – जलवायु परिवर्तनले मानव स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञहरुले त्यसको समाधानका लागि छलफल अघि बढाएका छन्।

छिमेकी राष्ट्रहरुसँगै अन्य मुलुकहरुका कारण नेपालमा पनि जलवायु परिवर्तन अवस्था विकराल बनेको र त्यसले संक्रामक रोगसँगै नसर्ने रोगबाट समेत आम नेपालीलाई ग्रस्त बनाउन थालेकाले त्यसको समाधानको खोजीमा उनीहरु जुटेका हुन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र जनसंख्या तथा स्वास्थ्य मन्त्रालयद्वारा बिहीबारदेखि आयोजित जलवायु परिवर्तन र स्वास्थ्य नामक सम्मेलनमा उनीहरुले जलवायु परिवर्तनको समस्या न्युनिकरणको विकल्प समेत नभएको बताएका छन्।

परिषदका अनुसन्धानकर्ता डा. मेघनाथ धितालका अनुसार जलवायु परिवर्तनले नेपालमा पनि श्रमिक क्षमतामा कमी आउने, छिटोछिटो तापक्रमको वेरवदले बेहोस हुने, किटजन्य रोग र झाडापखालाको वृद्धि हुने समस्या देखिएको बताए।

शुक्रबारसम्म चल्ने सम्मेलनमा जलवायु परिपर्तनको पृष्ठभूमि, त्यसले स्वास्थ्यमा पार्ने प्रभाव, स्थानीय तहको अध्ययन, नेपालमा जलवायु तथा आर्थिक निति लगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्