कंगोबाट नेपाल हुँदै चिनमा सालकको खपटा तस्करी, विमानस्थलबाटै दुई चिनियाँ पक्राउ

बरामद सालकको खपटा र प्याकिङ गरिएका लगेज

काठमाडौं- अफ्रिकन राष्ट्र क‌ंगोबाट नेपालको मार्ग हुँदै‌ चिनमा दुर्लभ बन्यजन्तु सालकको खपटा तस्करी हुने गरेको पाईएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले त्रिभुवन विमानस्थलबाट एक सय ६२ केजी सालकको खपटासहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

ती खपटा कंगोमा खरिद गरी हवाई मार्ग हुँदै नेपाल ल्याईपुर्‍याईएको थियो। सीआईबीका अनुसार तस्करले चिनमा पुर्‍याएर बेच्ने योजना बनाएका थिए।

पक्राउ पर्नेमा ४० वर्षीय  क्वियु ग्वारोङ र ३४ वर्षीय क्युई लिबाओ छन्।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्