कर्णाली प्रदेशको संसदमा छात्रा हत्याको भर्त्सना

सुर्खेत– कर्णाली प्रदेश सभा बैठकमा सांसदहरुले एसईई परीक्षामा दिइरहेकी छात्राको हत्याप्रति आपत्ति जनाएका छन्।

सभामा बोल्ने सांसदहरुले हत्यामा संलग्न दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन संसदमार्फत सरकारको ध्यानकर्षण समेत गराएका छन्।

यही मंगलबार सर्खेतको पश्चिम पञ्चपुरीमा एसईई परीक्षामा सहभागि सूर्यप्रकास माविका छात्रा गोरीकला रोकाय डेरामा मृत भेटिएकी थिइन्।

सांसद विन्दमान विष्टले समाजको सुरक्षाको जिम्मेवारी लिएको प्रहरी नै हत्यामा संलग्न भएको पाइएकाले प्रदेश सरकारले तत्काल छानविन र कारवाही गर्न ध्यानाकर्षण गराए।

सरकारले सामाजिक सुरक्षाका लागि सरकारले वृहत योजना बनाए बढ्न आग्रह गरे। ‘समाजमा पचाउन नसक्ने घटना दिनदिनै घटेका छन्।’

उनले भने,‘समृद्ध नेपाल निर्माण गर्न सामाजिक सू्रक्षाका लागि वृहत योजना चाहिन्छ। त्यसतर्फ प्रदेश सरकारको ध्यान गराउन चाहान्छु।’

सांसद पदमा खड्काले छात्रा हत्याको घटनाले सिंगो कर्णाली प्रदेशका महिलामा असुरक्षित महशुस गरेको बताइन्।

‘दिनानुदिन घट्ने घटनाले महिलाहरु सुरक्षित नभएको महशुस भएको छ, उनले भनिन्, ‘महिला हिंसा रोक्न कडा कानुन बनाउन तर्फ सभामार्फत प्रदेश सरकारेको ध्यानाकर्षण होस्।’

सांसद मिनासिंह रखालले कुरिति, अन्धविश्वास र कु–संस्कारले जगेडिराखेको कर्णाली प्रदेशलाई दिनप्रतिदिन हुने घटनाले झनै गरिवि तर्फ धकल्ने बताइन्।
‘आफ्नै श्रीमनबाट छोराछोरी र महिला सुरक्षित छैनन्।

उनले भनिन्,‘ प्रशासनले र प्रदेश सरकराले महिला हिंसा र हत्या रोक्न कडा कानुन बनाउन तर्फ ध्यान दिनुपर्छ।’ प्रदेश सरकारले महिलाको सुरक्षा र समृद्धिका सोच्नुपर्ने भन्दै महिलाहरु स्वतन्त्र रुपमा हिड्न सक्ने वातावरण सृजना गर्न आग्रह गरिन्।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्