वित्त निगमलाई उर्जामा लगानी गर्न उर्जामन्त्रीको आग्रह

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विश्व बैंक अर्न्तगतको अन्तर्राष्ट्रिय वित्त निगमलाई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

निगमका नेपाल प्रमुख रेहान रसिदसँग शुक्रबार भएको भेटमा सरकारले लगानीको लागि वातावरण तयार गर्ने भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।

मन्त्री पुनले माथिल्लो त्रिुशली-१ मा आईएफसीले गरिरहेको सहयोगबारे आफू जानकार रहेको भन्दै आगामी दिनमा समेत उर्जा क्षेत्रमा थप लगानी गर्न आग्रह गरे।

भेटमा निगमका नेपाल प्रमुख रसिदले उर्जा क्षेत्रमा निगमको पनि प्राथमिकतामा रहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न ईच्छुक रहेको बताए।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्