अनुत्पादक कर्जाले नेपालको आर्थिक विकास भएन: अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले उत्पादनमूलक क्षेत्रमा कर्जा बढ्न नसक्दा देशको आर्थिक विकास हुन नसकेको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, ‘प्रत्येक वर्ष बैंक वित्तीय संस्थाको कर्जा लगानी बढ्दो छ तर आर्थिक वृद्धि कहिले २ प्रतिशत, कहिले ४, कहिले ६ प्रतिशतले हुन्छ।’

बैंक वित्तीय संस्थाले देशको आर्थिक विकास हुने भन्दा सर्टटर्ममा फाइदा हुने क्षेत्रमा लगानी बढाउँदा देशमा आर्थिक गतिविधि बढ्न नसकेको खतिवडाको भनाइ थियो।

विज्ञापन

अब बैंक वित्तीय संस्थालेछपर्यटन, कृषि, उद्योग लगायतका क्षेत्रमा कर्जा बिस्तार गर्नु पर्ने खतिवडाको भनाइ छ।

यस्तै अर्थमन्त्री खतिवडाले नेपालमा हचुवाका निजीकरण गरिएको आरोप लगाएका छन्। खतिवडाले भने, ‘निजीकरणको गलत अभ्यासका कारण कमाउन सक्ने ठाउँहरुमा पनि सरकारलाई दायित्व सिर्जना भएको छ।’

‘निजीकरण गरेका अधिकांश व्यवसायबाट सरकार कर उठ्नुको सट्टा दायित्व सिर्जना भएको छ, जसरी निजीकरण गर्दै जग्गा बेचियो त्यसले मुलुकले ठुलो नोक्सानी व्यहोरेको छ,’ उनले भने।

उनले भने, ‘काम नलाग्ने संस्थान बन्द गर्छौं र सरकारको उपस्थिति जनाउनु पर्ने नयाँ संस्थान पनि खोल्छौं।’

सरकारलाई आवश्यक पर्ने बाहेका व्यवसाय निजी क्षेत्रले गर्नु पर्ने भन्दै सरकारले निजीकरणको मोडालिटीबारे पुनर्विचार गर्ने खतिवडाले बताए।

सरकारले गर्न नहुने व्यवसाय निजी क्षेत्रको जिम्मा लगाउँछौं तर हामी संस्थानै बेच्ने काम गर्दैनौं। लिज, व्यवस्थापन करार लगायतका मोडालिटीमा सरकारले बिचार गर्ने खतिवडाको भनाइ थियो।

देश बिकासका लागि निजि क्षेत्रको पुँजी आवश्यक पर्ने भन्दै खतिवडाले सरकारले निजी क्षेत्रमैत्री नीति लिने बताए। ‘ठूला आयोजनाका लागि बैदेशिक लगानी पनि चाहिन्छ,’ खतिवडाले भने, ‘आन्तरिक बचतलाई पनि प्रमोट गर्नेछौं।’

श्वेतपत्रमा देशका आर्थिक समस्याका चाङ राखेका खतिवडाले आगामी बजेटबाट समस्याहरु समाधान गर्ने बताए।

देशको निरपेक्ष गरिवी ३६ प्रतिशत रहेको बताउँदै खतिवडाले गरिबी न्यूनीकरण गर्दै समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

जनताले बाम गठबन्धनलाई अनुमोदन गरेकाले सरकारको मूल नीति नै घोषणापत्र भएको खतिवडाको भनाइ थियो।

पुँजी बजारका बारेमा बोलेनन्

खतिवडाले शुक्रबार दिउँसो संसदमा नेपालको सेयर बजार सहति र संकुचित भएको बताएका थिए। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन खतिवडाले सहति र संकुचित सेयर बजार कसरि सुधार गर्नु हुन्छ भन्ने प्रश्नको जवाफ नै दिएनन्।

चैत्र १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्