भारतीय मन्त्रीले गरे निर्देशनको उल्लंघन

दलाई लामाको कार्यक्रममा केन्द्रीय मन्त्री र भाजपाका शीर्ष नेता

भारतमा बस्दै आएका तिब्बतियनले शनिबार दलाई लामा भारत निर्वाशनमा गएको ६० वर्ष पुगेको अवसरमा शनिबार ‘थ्याङ्क यू इन्डिया’ कार्यक्रम गरेका छन् ।

हिमाञ्चल प्रदेशको मक्लिओडगञ्जमा भएको कार्यक्रममा दलाई लामासहित केन्द्रीय मन्त्री महेश शर्मा तथा भारतीय जनता पार्टी (भाजपा) का महासचिव राम माधव पनि सहभागी भएका थिए ।

भारतको केन्द्र सरकारले निर्वाशनमा भारतमा रहेका तिब्बतियनले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी नहुन आग्रह आग्रह गरेको थियो ।

भारत–चीन सम्बन्धमा असर पर्न सक्ने भएकाले निर्वाशनमा रहेका तिब्बतियनले गरेका कार्यक्रमा शीर्ष नेता तथा सरकारी अधिकारीलाई सहभागी नहुन आग्रह गरिएको थियो ।

तर त्यसलाई वास्ता नगरी केन्द्रीय मन्त्री शर्मा र भाजपा महासचिव माधव ‘थ्याङ्क यू इन्डिया’ कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रम सेन्ट्रल तिब्बतीयन एडमिनिस्ट्रेशन (सिटिए) ले आयोजना गरेको थियो । सिटिए निर्वाशनमा रहेका तिब्बतीयनहरुको सञ्चालक संस्था हो ।

सुरुमा यो कार्यक्रम दिल्लीमा गर्ने भनिएको थियो, तर पछि स्थान परिवर्तन गरिएको हो ।

कार्यक्रममा भाजपा महासचिव माधवले दलाई लामालाई निर्वाशनका लागि भारत रोजेकोमा धन्यबाद भनेका थिए । कार्यक्रममा सहभागी भएका भाजपाका एमपी शान्ता कुमारले चीनले दलाई लामाको तिब्बत फिर्तीका लागि बाटो बनाउनु पर्ने बताए ।

चैत १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्