धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो संस्करण सुरु भएको छ। धनगढीको संघीय प्रहरी कार्यालयको मैदानमा उद्घाटन खेल सुरु भएको हो।

उद्घाटन खेलमा साबिक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा ६ टोलीको सहभागिता छ। प्रतियोगितामा टिम धनगढी, कञ्चनपुर युनाइटेड, सिवाईसी अत्तरीया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स र विराटनगर किङ्गसले प्रतिस्पर्धा गर्दैछन्।

३ करोड लागत अनुमान गरिएको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउने छन्। तेस्रो हुने टोलीलाई तीन र चौथो हुने टोलीलाई २ लाख नगद दिइने आयोजकले जनाएको छ।