देशसञ्चारकी दीपा दाहालले पाइन् उमा सिंह स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं – रिपोर्टर्स क्लब नेपालले यस वर्षको पत्रकार उमा सिंह स्मृति पत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी वरिष्ठ संवाददाता एवं संयोजक दीपा दाहाललाई प्रदान गरेको छ।
क्लबको २० औं वार्षिक उत्सवको अवसर पारेर राजधानीमा शनिबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र क्लबका सभापति ऋषि धमलाले संयुक्तरुपमा उक्त पुरस्कार दाहाललाई प्रधान गरेका हुन्।
यस्तै क्लबले यस वर्षको १ लाख रुपैयाँ राशीको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेसनको ‘साप्ताहिक’का प्रधानसम्पादक सुवास ढकाललाई प्रदान गरेको छ।
१ लाख रुपैयाँ राशिकै मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका प्रकाशक एवम् संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरेको छ।

त्यस्तै, २५ हजार रुपैयाँ सहितको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई, कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कारका लागि नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका सम्वाददाता दिलिप थापा मगरलाई प्रदान गरिएको छ।
क्लवले २० हजार रुपैयाँ सहितको कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार द हिमालयन टाइम्सका विशेष सम्वाददाता रेवती सापकोटा, सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट् दैनिकका बरिष्ठ सम्वाददाता नरेन्द्र साउद, बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रंदान गरेको छ।
१० हजार राशीसहितको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका समाचारदाता भउचप्रसाद यादवलाई प्रदान गरेको छ।
कार्यक्रममा क्लवले प्रधानमन्त्री केपी ओली र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवलाई अभिनन्दन गरेको छ।
