बालिका अपहरणकारीको भाग्ने क्रममा भिरबाट खसेर मृत्यु

बालिका अपहरणकारी भाग्ने क्रममा भिरबाट खसेपछि उद्धार गर्दै सुरक्षाकर्मी। तस्बिर: देशसञ्चार

पर्वत- पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा शनिबार दिउँसो बालिका अपहरण गर्न खोज्ने अपहरणकारीको पहिचान खुलेको छ।

अढाइ वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर मृत्यु भएका ‘अपहरणकारी’ को पहिचान खुलेको हो।

बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयबासीले देखेपछि भाग्ने क्रममा चाक्लेको डिलको भिरबाट खस्दा मृत्यु हुनेमा बागलुङ्ग नगरपालिका वडा नं १ रामरेखाका निवासी ३६ बर्षिय भुपेन्द्र रुचाल रहेको पर्वत प्रहरीले जनाएको छ।

कुश्मा नगरपालिका वडा नं. ४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षीय छोरी सुवानी परियारलाई नजिकैको खोल्सामा मुख थुनेर राख्ने प्रयास गर्दैगर्दा एकाएक बच्चा चिच्याएको आवाज स्थानीयले सुनेपछि अपहरणकारी भागेको हो।

स्थानीय स्थानीय चिरञ्जीबी केसीले बच्चाको मुख थुनेको र बच्चा चिच्याएको देखेपछि घटना बाहिर आएको हो।

रुचाल भाग्न खोज्न भिरबाट खसेका हुन्। बालिका छाडेर भाग्ने क्रममा भीरबाट खसेका ती युवा २ सय मिटर तल पुगेका थिए।

भीरबाट उद्धार गरी पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पर्वतका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए।

भीर र वरपर खोजी कार्य गर्दा करिव ४५ मिनेटपछि उनी चाक्लेडिल भीरदेखि तल फेला परेका थिए। मृतकको शव पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखेको छ।

चैत १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्