अमेरिका लगिदिने भन्दै टोगोमा अलपत्र परेका ६ नेपालीको उद्धार

टोगोको झन्डा।

काठमाडौँ- रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै दलालले पश्चिमी अफ्रिकी देश टोगोमा पुर्‍याएर अलपत्र पारेका ६ जना नेपालीको उद्दार गरिएको छ। उनीहरुलाई नेपाली दूतावास र एनआरएनएको सहयोगमा उद्धार गरिएको एनआरएनए नाइजेरियाका कोषाध्यक्ष हिक्मत थापाले बताएका छन्।

उद्धार गरिएकामा महेश्वर आचार्य, कमल बहादुर घर्ती, मिनबहादुर पुन, अशोक पौडेल, जीवन श्रेष्ठ र सोनामछिरी शेर्पा छन्।

दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाएपछि तथा एनआरएनएका विभिन्न व्यक्तिको सहयोगमा उनीहरुको उद्धार गरिएको हो।

उनीहरु आइतबार नेपाल आइपुग्ने छन्।

चैत १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्