बार्सिलोना मुस्किलले हारबाट जोगियो, मेस्सीले जोगाए

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोना संघर्षपूर्ण रुपले हारबाट जोगिएको छ ।

अवे मैदानमा भएको खेलमा बार्सिलोना सेभिल्लासँग पराजित हुनबाट जोगिएको हो । २–० ले पछि परेको अवस्थामा अन्तिम तीन मिनेट बाँकी हुँदा लुइस स्वारेज र लियोनल मेस्सीले गोल गर्दै २–२ को बराबरी गरे ।

३६ औँ मिनेटमा फ्र्याङ्को भाज्क्वेजले गोल गर्दै सेभिल्लालाई सुरुवाति अग्रता दिलाए । ५० औँ मिनेटमा लुइस मुरिएलले गोल गरेपछि सेभिल्लाको अग्रता दोब्बर भयो । ८८ औँ मिनेटमा स्वारेजले बार्सिलोनाका लागि एक गोल पर्काए ।

थप खेलाडीको मैदानमा छिरेका स्टार स्ट्राइकर मेस्सीले त्यसको एक मिनेटपछि बराबरी गोल गर्दै हारबाट जोगाएका हुन् । योसँगै बार्सिलोना यो सिजन ला लिगामा अपराजित छ । मेस्सीले लिगमा २६ गोल गरिसकेका छन् ।

चोटका कारण अर्जेन्टिनाको मैत्रीपूर्ण खेलमा मैदान बाहिर रहेका मेस्सी यो खेलमा भने थप खेलाडीको रुपमा मैदान छिरेका हुन् ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगका ८ खेल बाँकी हुँदा ७६ अंक भएको छ । उ एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १२ तथा तेस्रो स्थानको रियल मड्रिड भन्दा १३ अंकले पछि रहेको छ ।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्