जाल्टनले एलए ग्यालेक्सीबाट डेब्यु खेलमै गरे दुई गोल

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब एलए ग्यालेक्सी गएका जाल्टन इब्राहिमोविचले डेब्यु खेलमा दुई गोल गरेका छन् ।

शनिबार राति भएको खेलमा एलए ग्यालेक्सीले लस एन्जलस फुटबल क्लबलाई ४–३ ले हराउने क्रममा इब्राहिमोविचले दुई गोल गरेका हुन् ।

उनले ७७ र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । यस्तै पोन्टिअस र एलेट्गेटले गोल गरे ।

एलए ग्यालेक्सीका फ्यानले जाल्टनको नाम लिएर हुटिङ गरेका थिए । जितपछि एलए ग्यालेक्सी सात अंकसहित समूह बीको दोस्रो स्थानमा उक्लिएको छ ।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्