सुरसुधाका सितारवादक विजय वैद्यको निधन

विजय वैद्य।

काठमाडौँ- नेपाली शास्त्रीय संगीतलाई अन्तर्राष्टिय स्तरमा पुर्‍याउने सीतारवादक विजय वैद्यको आइतबार बिहान ५:३० मा निधन भएको छ।

सुरसुधाका एक स्तम्भ वैद्य लामो समयदेखि छाती र कलेजोको रोगले ग्रस्त थिए। ५२ वर्षका विजय वैद्यका एक छोरा छन्। प्रज्ञा प्रतिष्ठानमा उनको पार्थिव शरीर राख्न नदिइएकोले आइतबार दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तेष्टि गरिएको छ।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्