
काठमाडौं- नेपाली कामदारलाई अबदेखि रोजगारीका लागि युएई जाँदा प्रहरी रिपोर्ट नचाहिने भएको छ।
आइतबार देखि युएई जाने कामदारसँग प्रहरी रिपोर्ट नमागिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए।
युएईले गत माघ १८ गतेदेखि लागुहुने गरि प्रहरी रिपोर्ट अनिवार्य गरेको थियो।
कामदारसँग रिपोर्ट मागेर युएईले अनावश्यक झण्झट थपेको भन्दै संघले निर्णय फिर्ता गराउन श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराएको थियो।
संघका अध्यक्ष गुरुङले कामदारलाई दुःख दिने यस्ता नियम कार्यन्वयन हुन नदिन सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताए।