उपभोग्‍य वस्तुको बारेमा जानकारी दिन ‘विज्ञापन सर्च’

काठमाडौः उपभोग्‍य वस्तुहरुको विषयमा भरपर्दो जानकारी दिन विज्ञापन सर्च नामक वेब पोर्टल बजारमा आएको छ।

सर्वसाधारण उद्योग, व्यापारिक प्रतिष्ठान, संघ, सस्था को दैनिक पात्र-पत्रिकामा प्रकाशित तथा प्रसारित विज्ञापनहरु र कर्मचारी आवश्यकताको डाटाबेसका रुपमा काम गर्न यसले सहयोग पुर्‍याउने छ।

यसका साथै यो वेबसाइटले कार्मचारी आवश्यकता पुर्ती गर्न साथै अरुले पनि आफ्नो लागी कामको खोजी गर्न सक्छन् साथै धेरै उद्योग, व्यापारीक प्रतिष्ठान, संघ, सस्थाहरुको डाटावेस पनि राखिएको छ।

यस्तै यो वेबसाइटले उद्योग, व्यापारिक प्रतिष्ठान, संघ, सस्थाहरुका सामाग्रीहरुको जानकारी दिने बताइएको छ।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्