पारसको टोली पराजित, महेन्द्रनगरको शानदार ब्याटिङ

काठमाडौं- धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको विराटनगर  किङ्स पहिलो खेलमै पराजित भएको छ।

आईतबार भएको खेलमा महेन्द्रनगर यूनाइटेडले विराटनगरलाई ३३ रनले हरायो।

पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६८ रन जोडेको थियो।

पुनित मेहराले ३८ , विनोद भन्डारीले ३५ , पुनित विष्टले २४,  आरिफ शेखले २० र हरिशंकर शाहले १९ रन बनाए।

विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय ३५ रन जोड्न सक्यो।

विराटनगरका पृथु बास्कोटाले ३५ , बाबर हायातले ३२ , अनिल शाहले २३ र पारस खड्काले १६ रन बनाए।

महेन्द्रनगरका बलर अविनाश कर्णले तीन तथा भुवन कार्की रोबिन क्षेत्री  र पुनित मेहराले समान २ विकेट लिए। विराटनगर गत एभरेस्ट प्रिमियर लिगको विजेता हो।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्