वीर अस्पतालमा अमेरिकी नागरिकद्वारा आत्महत्या

सांकेतिक तस्बिर

काठमाडौं-  अध्यागमनको अनुसन्धानमा रहेका एक अमेरिकी नागरिकले वीर अस्पतालमा अात्महत्या गरेका छन्।

५२ वर्षीय जोनले अस्पतालको छैटौं तलाबाट हाम फालेर अात्महत्या गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले जानकारी दिए।

अध्यागमनको हिरासतमै रहेका बेला गत शुक्रबार जोनले आत्महत्याको प्रयास गरेका थिए।

त्यसपछि उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर भर्ना गरिएको थियो। उपचार गरेर फर्कन लाग्दा जोनले सुरक्षाकर्मीलाई धकेलेर हाम फालेका थिए।

प्रहरीका अनुसार ओभर स्टेको आरोपमा जोनलाई अध्यागमनले नियन्त्रणमा लिएको थियो।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्