प्रधानसेनापती क्षेत्रीले शान्ती मिसनको निरिक्षण गर्ने , बलाधिकृत थापालाई कामू जिम्मेवारी

काठमाडौं- प्रधानसेनापती राजेन्द्र क्षेत्री कंगो र दक्षिण सुडानमा शान्ती स्थापनार्थ खटिएको युएन मिसन टोलीको स्थलगत निरिक्षण गर्ने भएका छन्।

क्षेत्री नेतृत्वको चार सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थाशन गर्ने अार्मीको जन सम्पर्क निर्देशनालयले जनाएको छ।

क्षेत्रीले चैत २२ सम्म कंगोको भ्रमण गर्ने र त्यसपछि चार दिन दक्षिण सुडानको भ्रमण गर्ने जनाईएको छ।

क्षेत्रीको अनुपस्थितीमा कायम मुकायम प्रधानसेनापतीको जिम्मेवारी बलाधिकृत रथी पुर्णसिंह थापालाई दिइएको छ।

स्थलगत भ्रमणका क्रममा नेपाली टोलीले मिसनको स्थलगत बस्तुस्थिती अप्रेसन बन्दोबस्ती लगायतकी निरिक्षण र सम्बोधन गर्ने जनाईएको छ।

प्रधानसेनापती क्षेत्री चैत २७ मा स्वदेश फर्कने कार्यक्रम छ।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्