सुनसरीको श्रीपुरमा आगलागी, १६ घर जलेर नष्ट

सुनसरी–सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुरमा आगलागी हुँदा १६ वटा घर जलेर नष्ट भएका छन् । आइतबार गहुँ थ्रेसर गर्ने क्रममा लागेको आगोले ८ परिवारको १६ वटा घर जलेको सुनसरी प्रहरीले जनाएको छ ।
आगलागीबाट ३५ लाख भन्दा बढी क्षतिको अनुमान गरिएको छ । ट्रयाक्टरबाट गहुँमा थ्रेसर लगाउँदै गर्दा आगलागी भएको हो । ट्रयाक्टर चालक मनोज साह आगलागीका कारण घाइते भएका छन् ।
भारतीय सीमा नाका छेउको बस्तीमा आगलागी भएको हो । सेना, प्रहरी तथा भारतीय सहित इनरुवा र इटहरीबाट गएका दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको हो ।