धनगढी प्रिमियर लिग

काठमाडौं गोल्डन्सको लगातार दोस्रो जित

धनगढी-धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डन्सले लगातार दोस्रो जित हात पारेको छ। गोल्डन्सले सोमबार भएको दोस्रो खेलमा रुपेन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो।

काठमाडौं गोल्डन्सले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर रुपेन्देहीले १ सय २३ रन मात्रै जोड्न सक्यो।

काठमाडौं गोल्डन्सले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा १८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर रुपेन्देहीले १ सय २३ रन मात्रै जोड्न सक्यो।

उसका ओपनर प्रदीप ऐरीले अर्धशतकीय पारी खेल्नुबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्। प्रदीपले ३६ बलको सामना गर्दै ५७ रन जोडेका थिए। सो क्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरे। यस्तै सागर पुनले १८ तथा दीपक प्रसादले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

रुपेन्देहीका रासिद खानले ४ विकेट लिए। किफायती बलिङ गरेका रासिदले २.४ ओभरमा ४ रन मात्रै खर्चे। उनीसँगै ललितनारायण राजबंशीले ३ तथा साहब आलमले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८६ रन जोडेको छ। उसका भारतीय खेलाडी सन्नी पटेलले ३२ बलमा ४८ रनको पारी खेलेका थिए । सो क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, सुबोधकुमार भाटीले ४२, अमित श्रेष्ठ र नरेश बुढाऐरले समान ३० रन जोडे। कप्तान ज्ञानेन्द्र मल्ले २० र भुपेन्द्र थापाले १४ रन जोडे।

रुपेन्देहीका अमरसिंह रौटेला, विक्रम भुषाल र सुफायन मोहम्मदले समान १ विकेट लिए । खेलको म्यान अफ द म्याच सन्नी पटेल भए । उनले नगद १० हजार पाए ।

चैत १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्