मलाला बेलायत फिर्ता

मलाला।

इस्लामावाद-नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किएकी छिन्।

चार दिनको पाकिस्तान भ्रमणपछि उनी सोमबारै इस्लामावादबाट लन्डन फिर्ता भएकी बीबीसीले उल्लेख गरेको छ। परिवार पनि उनी पनि बेलायत फर्किए।

पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उनीलाई गोली हानी हत्या प्रयास गरेका थिए। बालिका शिक्षाको पक्षमा वकालत गरेकोमा तालिबानले गोली हानेका थिए। सो घटनापछि नी पहिलो पटक स्वदेश फर्किएकी थिइन्।

स्वात उपत्यकास्थित मिङ्गोरामा गोली लागेपछि उनको बेलायतमा उपचार भएको थियो।उपचारपछि उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरेकी थिइन्।

हाल पाकिस्तानमा रहँदा उनले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेट गरेका थिए।बेलायतस्थित अक्फोर्ड विश्वविद्यालयमा अध्ययनरत उहाँले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा कामगर्ने इच्छा रहेको बताइन्।

उनको नाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ। यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिएको छ।

उनले पाकिस्तानमा रहँदा एक टेलिभिजनसँग भने थियो-म पाकिस्तान फर्किने एउटा सपना थियो आज म फर्किन पाएँ।

उनले आँशु झार्दै भने, ‘अहिले त मेरो लागि ठूलै सुरक्षाको प्रबन्ध गरिएको होलाजस्तो लाग्छ तर म मेरो देशमा बिना कुनै असुरक्षा, शान्तिपूर्ण रुपमा फर्किन पाउँ भन्ने सपना देखिरहेकी छु।’

चैत १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्