मसुरियामा प्रादेशिक स्तरीय गौरीगंगा कप हुने

धनगढी- कैलालीको मसुरिया प्रादेशिक स्तरिय गौरीगंगा कप फुटवल प्रतियोगिता हुनेभएको छ।गौरीगंगा नगरपालिका अन्तर्गतको कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा यही चैत २६ गतेदेखि प्रथम सुन्दर सुदूरपश्चिम आमन्त्रित गौरीगंगा कप हुने सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो।

झण्डै चार लाख नगद पुरस्कार रहेको प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुने र १६ टीमको सहभागीता रहने आयोजक गौरीगंगा–११ स्पोर्टस क्लवका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफी पाउने छन्। उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, रक्षकलाई नगद ७ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पुरस्कार दिइने अध्यक्ष कलेलले बताए।

गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला बडैपुरमा हुने फुटवल प्रतियोगिताको माध्यमले मध्यवर्ती क्षेत्रमा नमुना रंगशाला बनाउने र मौलाउँदै गएको लागुऔषध तथा दुव्र्यसनबाट जोगाएर युवाहरुलाई खेल तर्फ आकर्षित गर्ने उद्देश्य रहेकोे आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबले जनाएको छ।

चैत १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्