पशुपति आर्यघाटमा अन्तिम संस्कार

मदनकृष्णको आँसुले यशोदालाई विदाई गरिरहँदा..

श्रीमती यशोदा सुवेदीको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार भइरहँदा भावविह्‍वल अवस्थामा रिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ। साथमा हरिवंश आचार्य। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

पशुपति आर्यघाटमा छोरा यमन श्रेष्ठले आमा यशोदालाई दागबत्ती दिएका थिए। मदनकृष्ण श्रेष्ठको आखाँबाट आशु बगिरहेको थियो भने त्‍यहाँ उपस्थित वरिष्ठ कलाकार कलाकार हरिवंश आचार्य लगायत सबैको अनुहार भाव विह्‍वल देखिन्थ्यो।

यशोदा सुवेदीको सोमबार राति पौने ११ बजे ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। ६७ वर्षीया सुवेदी क्यान्सर रोगबाट ग्रस्त थिइन्। तस्बिरहरु- बर्षा शाह/देशसञ्‍चार

 

चैत २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्