क्रिकइन्फो भन्छ- दिल्लीको सम्भावित ११ मा सन्दीपको सम्भावना कम

सन्दीप लामिछाने। फाइल फोटो।

काठमाडौं- क्रिकेट सम्बन्धी विश्वकै सबैभन्दा चर्चित समाचार अनलाइन क्रिकइन्फोले अासन्न इन्डियन प्रिमियर लिगमा नेपालका सन्दीप लामिछानेले दिल्ली डेयर डेभिल्सबाट खेल्न पाउने सम्भावना कम रहेकाे अनुमान गरेको छ।

क्रिकइन्फोले दिल्लीको सम्भावित ११ खेलाडीको सुचीमा १७ वर्षीय स्पीनर सन्दीपलाई समावेश गरेको छैन। क्रिकइन्फोले बनाएको सम्भावित टोलीमा कोलिन मुन्रो , गौतम गम्भिर,  श्रेयर एेयर,  ग्लेन म्याक्सवेल, रिसब पन्त,  क्रिस मोरिस,  विजय श‌ंकर , सहबाज नदीम,  ट्रेन्ट बोल्ट , अमित मिश्रा/राहुल तावटिया र मोहम्मद सामी छन्।

यसैगरी भारतका पुर्व फास्ट बलर इरफान पठानले बनाएको दिल्लीको सम्भावित ११ खेलाडीको सुचीमा पनि सन्दीप छैनन्। पठानको सुचीमा कोलिन मुन्रो , गौतम गम्भिर, रिसब पन्त ,  श्रेयर एेयर,  ग्लेन म्याक्सवेल,  क्रिस मोरिस,  विजय श‌ंकर ,  ट्रेन्ट बोल्ट , अमित मिश्रा र मोहम्मद सामी र कार्ला छन्।

दिल्लीले प्रतियोगिताको आफ्नो पहिलो खेलमा अप्रिल ८ तारिखमा पन्जाबको सामना गर्दै छ। आईपिएलमा अाबद्ध हुने पहिलो नेपाली खेलाडी भएका सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँ खर्चिएको थियो।

चैत २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्