संघीय संसद्‌को पहिलो अधिवेशन अन्त्य

काठमाडौं-प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ फागुन २१ गते सुरु भएको अधिवेशनमा ११ वटा बैठक बसेर १५ घण्टा ३० मिनेट चलेर मंगलबार अन्त्य भएको हो।

यो अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिए। यो अवधी सभामुख, उपसभामुख निर्वाचित गरेको छ। पहिलो अधिवेशनले तीनवटा अध्यादेश स्वीकृत गरेको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन, रास्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र रास्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पारित भएका छन्।

चैत २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्