बार्यन म्युनिखले जित्यो, सेभिल्लाका लागि आत्मघाती गोल बन्यो महंगो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिख विजयी भएको छ । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस ला लिगा क्लब सेभिल्लालाई २–१ ले हराएको हो ।
खेलमा सुरुवाति अग्रता भने सेभिल्लाले लिएको थियो । ३२ औँ मिनेटमा पाब्लो साराबिएले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । तर त्यसको पाँच मिनेटपछिको समय सेभिल्लाका लागि घातक बन्यो ।
सेभिल्लाका जिसस नावासले आत्मघाती गोल गरे । यो गोलले भ्रमण टोलीले खेलमा बराबरी ग¥यो । पहिलो हाफमा दुवै गोल सेभिल्लाका खेलाडीले गरे पनि बराबरी भयो ।
६८ औँ मिनेटमा थिएगो एलकान्ताराले गोल गरेपछि बार्यनले २–१ को जित निश्चित गरेको हो । बार्यनको भागमा परेका दुवै गोलमा फ्र्यांक रिबेरीले महत्वपूर्ण भूमिका खेले । अब आउँदो बुधबार बार्यनको मैदानमा दोस्रो लेग हुनेछ ।