चीन र बंगलादेशमा पनि विद्युत विस्तार गर्छौं: ऊर्जामन्त्री पुन

थाइल्यान्डको बैंककमा जारी दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जीमा भाग लिन गएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन। तस्बिर सौजन्‍य: ऊर्जा मन्त्रीको निजि सचिवालय

काठमाडौ-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले चीन र बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता गरिने बताएका छन्।

थाइल्यान्डको बैंककमा जारी दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई बुधबार सम्बोधन गर्दै मन्त्री पुनले यसका लागि प्रक्रिया अगाडी बढाइसकेको बताएका हुन्।

भारतसँग यसअघि नै पिटिए भइसकेको जानकारी दिँदै ऊर्जामन्त्री पुनले अब चीन र बंगलादेशसँग सम्झौता गर्न प्रक्रिया अघि बढेको बताएका हुन्।

दिगो र गुणस्तरीय विद्युत विकास गर्न क्षेत्रीय देशहरुकोबिचमा सम्बन्ध विस्तार गर्दै आर्थिक विकास गर्न आवश्यक रहेको उनको भनाई छ।

विदेशी लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्दै मन्त्री पुनले लगानीका लागि वातावरण बनेको दावी गरे।

नेपालले अब ऊर्जामा लगानी बढाउँदै आर्थिक विकासमा केन्द्रीत हुने बताएका छन्।

चैत २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्