ड्याट्सन गाडीको खरिदमा मलेसिया जाने अफर

काठमाडौं- नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नयाँ वर्षको उपलक्ष्यमा ‘नयाँ वर्षको मेगाअफर’ योजना ल्याएको छ।

पायोनियरको योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुने छ ।

योजनाअन्तर्गत ड्याट्सन गाडीको खरिद गर्ने जोडीले मलेसियाको भ्रमण गर्न पाउने छन्। यसका साथैंलायल्टी बोनस, निःशुल्क गाडीका एक्सोसरिज, १ वर्षको निःशुल्क इन्स्योरेन्स , ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र सडक करको सुबिधा प्राप्त गर्ने छन्।

एक्स्चेन्ज अफरमा ग्राहकले पुरानो गाडीलाई पनि नयाँ ड्याट्सनसँग साट्न सक्ने छन्। कम्पनीले गाडी खरिदमा सहज फाइनासको सुबिधा भएको जनाएको छ।

योजनाअन्तर्गत ड्याट्सन गाडी खरिद गर्ने ग्राहकले ड्याट्सन रेडि गो अधिकतम ३ लाख ७ हजार रुपैयाँ ड्याट्सन गो मा ४ लाख ५ हजार रुपैयाँ र ड्याट्सन गो प्लसमा ४ लाख ५७ हजार सम्मको फाइदा लिन सक्ने पायोनियरले जनाएको छ।

चैत २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्