आउँदा आक्रमण, फर्किँदा हारको पीडा

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेग खेल्न लिभरपुलको मैदान एनफिल्ड गएको म्यानचेस्टर सिटी फर्किँदा हारको नमिठो लिएर फर्कियो । तर उसलाई त्यहाँ पुग्दा स्वागत त परको कुरा राम्रोसँग प्रवेश गर्न पनि दिइएको थिएन ।

खेल सुरु हुनु पूर्व म्यानचेस्टर सिटीका खेलाडी चडेको बसमा लिभरपुलका फ्यानले आक्रमण गरेका थिए । उनीहरुले सिटीको बसमा बोटल, क्यान तथा ज्वलनहिल पदार्थले आक्रमण गरेका थिए ।

त्यसपछि युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले सिटीका लागि अर्को बसको व्यवस्था गरेको थियो । आक्रमणका कारण खेलाडी तथा पदाधिकारी कोही पनि घाइते भएनन् तर बसमा भने क्षति भयो ।

सिटीका प्रशिक्षक पेप गार्डिवलाले आफूहरुको बसमा किन आक्रमण भयो भन्ने नै नबुझेको बताएका छन् । यस्तै लिभरपुलले क्लोप्पले घटनाप्रति माफी मागेको छ । यो खेलमा लिभरपुल ३–० ले विजयी भयो ।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्