सलमान खानलाई पाँच वर्ष जेल

एजेन्सी-जोधपुर अदालतले अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाएको छ। अदालतको फैसला पछि खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खानलाई जोधपुर सेन्ट्रल जेलमा राखिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

झण्डै २० वर्ष पहिलो कालो हरिण मारेको आरोपमा बलिवुड अभिनेता सलमान खान दोषी पाइएका थिए । सन् १९९८ मा जोधपुरको ग्रामिण क्षेत्रमा कालो हरिण मारेको आरोपमा अभिनेता खानसहित अरु पाँचजनामाथि मुद्दा दायर भएको थियो ।

सलमान खानसँगै अभिनेता सैफ अली खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमको नाम पनि यो घटनामा जोडिएको छ । भारतीय अदालतले सलमानलाई दोषी ठहर गरेको छ। सैफ अली खान लगायतका अन्यलाई भने अदालतले सफाई दिएको थियो।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्