विराटनगरको लगातार दोस्रो जित, धमलाको कसिलो बलिङ बेकार

काठमाडौं- टिम चौराहा धनगढीका सुनिल धमलाले १० रन दिएर चार विकेट लिएपनि धनगढी प्रिमियर लिग क्रिकेटमा बिहीबार विराटनगर  किङ्सले जित हात पार्न सफल भयो।

पहिला ब्याटिङ गर्नेक्रममा केवल एक सय २७ रनमा सिमित भएको विराटनगरले चौराहालाई १८ रनले हरायो। चौराहाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ९ रनमात्र जोड्न सक्यो।

विराटनगरका बलर पवन सर्राफ एक्लैले चार ओभरमा २५ रन दिएर चार विकेट लिए। बसन्त रेग्मी र पारस खड्काले दुई दुई विकेट हात पारे।

चौराहाका शंकर रानाले २५  असफाक अहमदले २२, राजु रिजालले १८, रोहन मुस्ताफाले ११ र सुनिल धमलाले १२ रन बनाए। ७० रनमा तीन विकेट गुमाएको चौराहा राजेश पुलामी मगर आउट भएसँगै दबाबमा आएको थियो

यसअघि विराटनगरलाई सस्तोमा समेट्न धमलाले कसिलो बलिङ गरेका थिए। विराटनगरका सर्राफ एक्लैले ४१ रन बनाए। अनिल शाहले २४, शुभम कामतले १८ र बाबर हायातले १५ रन बनाएका थिए। एभरेस्ट प्रिमियर लिगको विजेता विराटनगरले पहिलो खेल गुमाएपनि लगातार दोस्रो जित हात पारेको हो।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्