के मार्कजुकरबर्गले फेसबुकबाट राजीनामा देलान ?

काठमाडौं- चर्चित सामाजिक सञ्‍जाल फेसबुकको डाटा चोरी भएको भन्‍दै विवादमा आइरहँदा संस्थापक मार्क जुकरबर्गले भने उक्त कम्पनीको लागि आफू नै उपयुक्त व्‍यक्ति भएको दाबी गरेका छन्।

बुधबार उनले कन्फेरेन्स कल मार्फत पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्, ‘जब तपाई फेसबुक जस्तो कुनै पनि चीज बनाउँदै हुनुहुन्छ भने त्‍यो अरुको लागि पनि अभूतपूर्व हो। तर कहिलेकाही गडबडि र कमजोरी भइ नै हाल्छ। हामी गल्तीबाट केही कुरा सिकि पनि रहेका हुन्छौ र जवाफदेही पनि बन्‍नुपर्छ।’

उक्त कन्फेरेन्समा जुकरबर्गसँगै कम्पनीको मुख्‍य कार्यकारी अधिकारी तथा बोर्ड अफ डाइरेकटर पनि सहभागि थिए। उनीहरुलाई कम्पनीमा संस्थापकको पदलाई लिएर कुनै चर्चा छ भनेर प्रश्‍न गर्दा जवाफमा कुनै जानकारी नभएको बताए।

यसअघि महिनादिनअघि केही नागरिकले फेसबुक कम्पनीको नेतृत्व नयाँ व्‍यक्तिले गर्नुपर्न प्रश्‍न गरेका थिए। तर जब तेस्रो पक्षबाट फेसबुको डाटा चोरी भएको भन्‍दै गुनासो बढ्‍न थालेपछि जुकरवर्कमाथि यस्तो आरोप लगाइएको हो। साथै उनीहरुले अब फेसबुक कम्‍पनीको नियन्‍त्रणबा बाहिर रहेको आरोप लगाएका छन्।

स्कट स्ट्रिन्जरले भनेका छन्, ‘ उनी खासगरी अहिले ठूलो अप्ठ्‍यारो स्थितिमा छन्। उसले स्वयम सोचेको थिएन की डाटा चोरी गरेर मानिसहरुले अर्कै प्रयोजनमा दुरुपयोग गरोस्।’

उनीहरुले जुकरवर्गसँग राजीनामा दिन आग्रह गर्दै भनेका छन्, ‘तपाई फेसबुकबाट राजीनामा दिनुस ता की फेसबुकले आफ्नो सम्‍मान कायम गर्न सकोस्। अनि अध्‍याय सुरु हुन्छ।’

यस्तै फेलिक्स सेलम्‍यान लेख्छन्,’ त्‍यो मात्र यस्तो कम्पनीको नेतृत्व गरिहरेका छन् जुन लगभग धर्तीका एक तिहाइ मानिसहरु यससँग जोडिएका छन्। उनी आर्थिक स्थितिले पनि त्‍यतिकै मजबुत छन जसले सबैभन्दा धेरै शेयरहोल्डर छ जसका कारण उनलाई बोर्डबाट हटाउन मुस्कलि पर्नेछ।’

उनले भनेका छन्, ‘बोर्डको गठन नै यस्तो प्करारको भएको छ की उसलाई कसैले पनि निकाल्न सक्‍दैनन्। तर उनी आफैले राजीनामा दिए भने त्‍यो अलग कुरा हो।तर उनले यस्तो कहिल्‍यै गर्ने छैनन्। ‘

अर्को हप्ता उनको अप्ठ्‍यारो झन बढ्‍ने बताइएको छ। उनले कम्पनीको तर्फबाट प्रमाण पेश गर्न अमेरिकी कांग्रेस कहाँ पुग्‍नेछन्।

मार्क जुकरवर्गले आउने महिनादेखि फेसबुकमाथि आइपर्ने चुनौतिहरुलाई समना गर्न नयाँ स्ट्राटेजी अपनाउने बताएका छन्। उनले फेड्रल ट्रेड कमिसनसँग यसबारेमा व्‍यक्ति रुपमा कुरा गर्ने बताइएको छ।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्