चैत २६ गते गोकर्णमा बहुभाषिक साहित्य सम्मेलन हुने

काठमाडौं-२०४६ सालको जनआन्दोलन सफल भएको चैत २६ गतेको अवसर पारेर काठमाडौंको गोकर्णमा बहुभाषिक साहित्य सम्मेलन हुने भएको छ।

३ नम्बर प्रदेशका एमालले प्रमुख सचेतक रामेश्वर फुयाल, साहित्यकारहरु गोविन्द घिमिरे, नारायण ढकाललगायतको सक्रियतामा बहुभाषिक साहित्य सम्मेलन हुन लागेको हो।

दुई सयभन्दा बढी स्रष्टा सहभागी हुने सम्मेलनमा विभिन्‍न आठ भाषाका रचना प्रस्तुत गरिनेछ।

संस्कृति, नेपाली, अंग्रेजी, नेवारी, तामाङ, मैथली, भोजपुरी र अवधि भाषामा साहित्य वाचन हुने आयोजकले जनाएको छ।

अबदेखि प्रत्येक वर्ष चैत २६ गते आयोजना हुने सम्मेलनमा साहित्य वाचनसँगै स्वाथ्य परीक्षण र साहितिक फोटो प्रर्दशनी पनि हुनेछ।

साहित्यलाई उत्पादनसँग जोड्ने उद्देश्यले जनआन्दोलन सफल भएको दिनको अवसर पारेर कार्यक्रम गर्न लागिको फुयालले जानकारी दिए।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्