मुसलमान भएका कारण सलमानलाई सजाय : पाकिस्तानी विदेश मन्त्री

बलिवुड अभिनेता सलमान खानलाई कालो हरिण मारेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय भएको छ ।

भारत राजस्थान जोधपुरको अदालतले २० वर्ष पुरानो मुद्दामा बिहीबार फैसला सुनाउँदै सलमानलाई सजाय सुनाएको हो । अदालतको फैसलापछि कतै खुशीयाली छ भने कतै निराशा छाएको छ ।

राजस्थानको विश्नोई समाजमा सलमानमाथि भएको सजायको खुशीयाली मनाइएको छ । तर सलमानका फ्यानले भने निराश छन् । तर पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्पदको यस सम्बन्धी बयानले विवाद उत्पन्न भएको छ ।

पाकिस्तानी टेलिभिजन जिओ न्युजसँगको अन्तर्वार्तामा पाकिस्तानी विदेशमन्त्री मोहम्मदले सलमान भारतमा अल्पसंख्यक मानिने र मुसलमान समुदायका भएकाले सजाय सुनाइएको बताए ।

सलमानको धर्म भारतको सत्तारुढ पार्टीको जस्तो भएको भए उनीमाथि सजाय नहुने पाकिस्तानी विदेश मन्त्री मोहम्मदले बताएका छन् । सलमान हिन्दु भएको भए भाजपा सरकारले उनको मुद्दामा नरम नीति अपनाउने मोहम्मदको दाबी छ ।

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्