सलमान खानको अनुरोधमा ‘सेशन कोर्ट’मा सुनुवाइ हुँदै

एजेन्सी- कालो हरिण मारेको भन्‍दै अदालतबाट दोषी ठहर भएपछि पाँच वर्ष जेलमा बस्‍न बाध्‍य भएका बलिउड स्टार सलमान खानको अनुरोधमा सेशन कोर्टमा सुनुवाइ हुने भएको छ।

सेशन कोर्टमा न्‍यायाधीश रवीन्द्र कुमार जोशीले सलमान खानको जमानतको सुनुवाइ गर्ने छन्। यता, सलमानका वकिलले केही फाइल लिएर जेल पुगेका छन् भने सलमानको हस्ताक्षर समेत लिएका छन्।

मिडिया रिपोर्टका अनुसार सलमानको वकिल आनन्द देसाई तथा बडीगार्ड शेराले विहान ७ बजे जेलमा भेटघाट गरेका थिए। सलमान खानले विहान ७ बजे नै जेलको क्‍यानटीनबाट आफ्नो लागि दुध र रोटी मगाएका थिए।

विहीबार नै सलमानको वकिलले चिफ जुडिसियल मेजिस्ट्रेटको फैसलापछि सुनुवाइ गर्ने प्रयास गरे पनि सेशन कोर्टले शुक्रबार सारेको थियो।
सलमानलाई जोधपुर अदालतले पाँच वर्ष जेल र १० हजार जरिवाना समेत लगाएको थिए।

जेलमा सलमानको पहिलो रात

जोधपुर अदालतले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएपछि उनी विहिबार पहिलो रता जेलमा बिताएका छन्।

उनीसँगै आरोपल लागेका सैफ अली खान, तब्बु, सोनाली, नीलम कोठारीसहित अन्‍यलाई अदालतले निर्दोषी साबित गरेको थियो।

यसपछि उनलाई प्रहरीले कस्टडीमा लिएका थिए भने केही समयपछि आम कैदीको जस्तै पुलिस भ्‍यानमा बसाएर जेल लगिएको थियो।त्‍यसपछि सलमानको वकिलले जमानतको लागि अनुरोध गरेका थिए।

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्