अर्थमन्त्री खतिवडाले गरे अर्थ सचिव परिवर्तन

मन्त्रालयमा सचिवहरुको व्‍यापक सरुवा, गृहमा राई

काठमाडौं- सरकारले  केही मन्त्रालयका सचिवहरुको जिम्‍मेवारी हेरफेर गरेको छ। विहीबार बसेको मन्त्रीपरिषदको बैठकले सचिवहरुको जिम्‍मेवारी परिवर्तन गरेको हो।

गृहसचिवमा प्रेम कुमार राईलाई ल्‍याइएको छ। उनी यसअघि यसअघि उनी प्रधानमन्त्री कार्यालयमा थिए। यस्तै अर्थ सचिवमा राजन खनाललाई ल्‍याएको छ।

यसअघि खनाल अख्तियारमा थिए। यस्तै अर्थमन्त्रालयमा रहेका अर्थ सचिव शंकरप्रसाद अधिकारीलाई उप-राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ।

यस्तै सञ्‍चार मन्त्रालयमा महेन्द्रमान गुरुङलाई ल्याईको छ भने केदार बहादुर अधिकारीलाई  प्रधानमन्त्री कार्यालयमा लागिएको छ।

त्यसैगरी प्रधानमन्त्री कार्यालयमा रहेका खगराज बराललाई शिक्षा मन्त्रालयको सचिवमा ल्‍याइएको छ।

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्