अख्तियारको सचिवमा महेश्वर न्यौपाने, यी हुन् सरुवा भएका अन्य सचिवहरु

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा महेश्वर न्यौपानेको सरुवा भएको छ। अख्तियारमा रहेका राजन खनाललाई अर्थ मन्त्रालय लगे पछि सार्वजनिक खरिद अनुगमन कार्यालयका  न्यौपानेलाई अख्तियार लागिएको हो। सार्वजनिक अनुगमन कार्यालयमा भने शिक्षा मन्त्रालयमा रहेका मधु रेग्मीलाई लागिएको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी यमकुमारी खतिवडालाई दिईएको छ। यस अघि उद्योग, बाणिज्य र आपूर्ति मन्त्रालय अलग अलग रहेकाले मन्त्रालयमा ३ जना सचिव रहेका थिए। बाणिज्य सचिव रहेका चन्द्र घिमिरे र आपूर्ति सचिव रहेका अनिलकुमार ठाकुरको सरुवा भएको छ।

युवा तथा खेलकुद मन्त्रालयमा रहेका महेश दाहाललाई श्रम मन्त्रालयमा लागिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा गृह सचिव मोहन कृष्ण सापकोटालाई लागिएको छ। ,  राष्ट्रिय योजना आयोगमा रहेका बिष्णु लम्साललाई रक्षा मन्त्रालयमा लागिंदा  शरद चन्द्र पौडेललाई राष्ट्रिय योजना आयोगमा लागिएको छ।  पुनर्निर्माण प्राधिकरणमा नेपाल ट्रष्टको कार्यालयमा रहेका अर्जुन कार्कीललाई ल्याइएको छ। पुनर्निर्माण प्राधिकरणमा रहेका मधुसुधन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लागिंदा भौतिक पूर्वाधार मन्त्रालयमा रहेका देबेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा लागिएको छ।

सञ्चार मन्त्रालयमा रहेका केदार बहादुर अधिकारी, उप राष्ट्रपति कार्यालयमा रहेका लाल शंकर घिमिरे र श्रम मन्त्रालयमा रहेका लक्ष्मण मैलानीलाई प्रधानमन्त्री कार्यालयमा ल्याईएको छ।

सरुवा हुने अन्य सचीवमा रक्षा मन्त्रालयमा रहेका विनोद केसी, पुनर्निर्माण प्राधिकरणका रहेका मधुसुधन अधिकारी रहेका छन्।

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्