ओली-मोदी भेट साँझमै, अहिले राहुलसँग छलफल

नयाँ दिल्ली- भारतको तीनदिने भ्रमणका क्रममा शुक्रबार नै नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै केहीबेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम बनेको छ। यद्यपि मोदीसँग ओलीको औपचारिक वार्ता शनिबार हुनेछ।

प्रधानमन्त्री ओलीले भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धी भेट गरेका छन्।

नेपालको वर्तमान राजनीति घटनाक्रमबारे उनले राहुुललाई जानकारी दिएका हुन्। ओलीले प्रतिपक्षीसँगको छलफलबाट राजनीतिक भेट सुरु गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए। त्यसपछि प्रधानमन्त्री ओलीलाई भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डाेभलले भेट्ने छन्।

प्रधानमन्त्री ओलीको शनिबार औपचारिक कार्यक्रम मार्फत मोदीले भेट्ने भनिए पनि शुक्रबार नै छाेटाे भेट गर्ने भएका हुन्।

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्