राहुल र मनमोहनले भेटे प्रधानमन्त्री ओलीलाई

नयाँ दिल्ली- तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीसँग शिष्टाचार भेट गरेका छन्।

ओलीसँग राहुलको भेट भारतीय राष्ट्रपति निवासमै भएको हो।

उनलाई भेट्न पूर्व भारतीय प्रधानमन्त्री मनमोहन सिंह पनि पुगेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम तय भएको छ।

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्