काठमाडौं गोल्डेन्स प्ले अफमा

काठमाडौं- लगातार ४ जितपछि काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिगको प्लेअफमा पुगेको छ ।
प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा काठमाडौंले आज विराटनगर किङसलाई ५ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६४ रन बनायो ।
विराटगरका लागि बाबर हायातले ६७ र दिलिप नाथ ३३ रन बनाए । बलिङ तर्फ ललीत राजवंशीले तीन तथा रासिद खानले दुई विकेट लिए ।
जवाफमा काठमाडौंले अन्तिम बलमा छक्का प्रहार गर्दै खेलको नतिजा ५ विकेटले आफ्नो पोल्टामा पारेको हो ।
काठमाडौका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८, भुपेन्द्र थापाले ३६, पुष्प थापाले २४, सन्नी पटेलले विस्फोटक २५ रन बनाउँदा काठमाडौंले रोमाञ्चक जित हात पारेको हो ।
यता पराजित टिम विराटनगरले अब प्लेअफमा स्थान बनाउन अन्तिम खेल जित्नैपर्ने भएको छ ।

 

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्